Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने लामा जेल चलान

    उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने लामा जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 939
    SHARES

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा जेल चलान भएका छन् ।

    चलाउनेमाथि कुटपिट घटनामा जिल्ला अदालतबाट दोषी ठहर भएका लामा आज जेल चलान भएका हुन् ।



    गत मंसिर ७ गते काठमाडौँ जिल्ला अदालतले कुटपिट घटनामा उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो । उनीहरूलाई जनही दुई वर्षको कैद सजायको फैसला भएको छ ।



    साथै पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन भनिएको छ।

    अदालतले लामाबाट क्षतिपूर्तिबापत पीडित चलाउनेका लागि चार लाख ६९ हजार भराउन भनेको छ । उनलाई मंगलबार मात्र काठमाडौँ प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार