Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • अदालतको आदेश – उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउनू

    अदालतको आदेश – उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउनू

    अनलाइन नेपाल
  • शुक्रबार, १९ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने सयुज श्रेष्ठलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

    न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई मुद्दाको टुंगो नलागुञ्जेल थुनामै राख्न आदेश गरेको हो ।



    श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।



    धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । २० असोज २०७७ मा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार