Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

    उपप्राध्यापक प्रेम चलाउनेले तोडे अनशन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 978
    SHARES

    काठमाडौं । आमरण अनशनरत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेले अनशन स्थगित गरेका छन् ।

    सर्वोच्च अदालतले सरकारको निर्णय कार्यान्वयन नगराउन बिहीबार अन्तरिम आदेश दिएसँगै चितवनकी होम कुमारी बरालले उपप्राध्यापक चलाउनेलाई दही खुवाएर अनशन तोडाएकी हुन् ।



    चलाउनेमाथि कुटपिट हुँदा त्यतिबेला होम कुमारी बरालले नै बचाएकी थिइन् । उनी पाँच दिनदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि अनशन बस्दै आएका थिए ।



    चलाउनेलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद बैठकले गरेपछि चलाउने त्यसको विरोधमा उनी अनशन बसेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार