Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न श्रेष्ठ रातोपुलबाट पक्राउ

    उपप्राध्यापक चलाउनेमाथि कुटपिटमा संलग्न श्रेष्ठ रातोपुलबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 4.1K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक प्रेम चलाउनेमाथि आक्रमणमा संलग्न एकजना अभियुक्त पक्राउ परेका छन् । बिहीबार प्रहरीले सयुस श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरेको हो । पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै उनी साढे दुई वर्षदेखि फरार थिए ।

    उपप्राध्यापक चलाउनेलाई मरनासन्न हुने गरी कुटपिट गरेको अभियोगमा मुद्दा चलाइएका सातजना प्रतिवादीहरुमध्ये एकजना षयषु भन्ने सयुज श्रेष्ठ हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंले श्रेष्ठलाई रातोपुलबाट पक्राउ गरिएको‍ पुष्टि गरेको छ ।



    सयुजलाई साढे दुइ वर्षअघि पाटन उच्च अदालतले पाँच लाख धरौटी मागेको थियो । उक्त प्रकरणमा सयुजबाट चलाउनेलाई एक लाख अन्तरिम क्षतिपूर्ति जम्मा गर्ने आदेश पनि गरेको थियो । तर अदालतको उक्त आदेशलाई अवज्ञा गरी फरार रहेका थिए । चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरनासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए ।



    योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठ र निरज रानामगरविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको छ। कांग्रेससमेत सहभागी वर्तमान सरकारले मुद्दा फिर्ता लिने निर्णय गरे पनि सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार