Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, जनही दुई वर्ष कैद

    प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर, जनही दुई वर्ष कैद

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जना दोषी ठहर भएका छन् ।

    जिल्ला अदालत काठमाडौंले चलाउनेमाथि ज्यान मार्ने उद्योग गरेको आरोप लागेका ७ मध्ये ६ जनालाई दुई वर्षको कैद सजाय सुनाएको हो । उनीहरुलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।



    रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावल दोषी ठहर भएका हुन् । जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ सकिएर आज फैसला आएको हो ।



    नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए ।

    अदालतले उनीहरूबाट पीडितका लागि २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ । चलाउनेमाथि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा २० असोज २०७७ मा आक्रमण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार