Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

    नेप्से परिसूचक दोहोरो अंकले घट्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 696
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज बुधबार पनि नेप्से बजार दोहोरो अंकले ओरालो लागेको छ । परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।

    आज होटल, जीवन बिमा, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरू समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।



    त्यस्तै, कारोबार रकम पनि घटेर ३ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ । मंगलबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा एकैदिन ६२ करोड रुपैयाँ घटेको छ ।



    सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यो कम्पनीको २३ करोड ६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । बजारमा होटल्स एण्ड टुरिजम, जीवन बीमा, उत्पादनमूल्क र ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार