Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • साफ च्याम्पियनसिप : कुवेतविरुद्ध नेपाल २-० ले पछाडि

    साफ च्याम्पियनसिप : कुवेतविरुद्ध नेपाल २-० ले पछाडि

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 759
    SHARES

    काठमाडौं । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो खेलमा नेपाल कुवेत विरुद्ध पहिलो हाफमै दुई गोलले पछि परेको छ ।

    भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा सुरु भएको खेलको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए ।



    फावज अलोताबीको कर्नरमा नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा उनले गोल गरे ।



    यस्तै नेपालमाथि निरन्तर दबाव बनाईरहेको कुवेतका ४१औं मिनेटमा सहबाहिब अलखादिले गोल गर्दै अग्रता दोब्बर पारे ।

    सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार