Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • शेयर बजारमा झिनो सुधार, साढे तीन अर्बको कारोबार

    शेयर बजारमा झिनो सुधार, साढे तीन अर्बको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 705
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले बढेर बन्द भएको छ । नेप्से ४.७५ अंकले बढ्दा नेप्से इन्डेक्स २०५५.५३ विन्दुमा पुगेको हो ।

    नेप्से बढेपनि आज कारोबार रकमपनि केहि खुम्चिएको छ । कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।



    २७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।



    आज सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य आज ८ प्रतिशत भन्दा बढीले घटेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार