Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अन्तिममा झिनो अंकले बढ्यो नेप्से

    अन्तिममा झिनो अंकले बढ्यो नेप्से

    अनलाइन नेपाल
  • सोमबार, १३ कार्तिक २०८०
  • 465
    SHARES

    काठमाडौं । सेयर बजार ३.०४ अंकले बढेको छ । चालु साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३.०४ अंकले बढेर १८७८.७० बिन्दुमा बजार बन्द भएको हो ।

    कारोबारको सुरुमा करिब ४५ मिनेट निरन्तर ओरालो लागेको बजार त्यसपछि केही सुधार भयो । सुरुमा घटेको बजार इन्ट्रा डे कारोबारमा उतार चढाबकाबिच करिब १ घन्टा बढेर १८७० बिन्दुमा पुग्यो । त्यसपछि पुन घट्न थालेको बजार कारोबार सकिन ४५ मिनेट बाँकी रहँदासम्म घटिरहेको थियो । ४५ मिनेटबाट बढन थालेको बजार अन्तिम समयमा ३.०४ अंकले बढेर परिसूचक १८७८.७० बिन्दुमा रोकिएको हो ।



    बजारमा सामान्य सुधार देखिँदा बैंकिङ समूहको उपसूचक ०.५८, विकास बैंक २७.०४, वित्त १३.१२, जलविद्युत ४.२०, जीवन बीमा १२.८३, माइक्रोफाइनान्स २.९८, निर्जीबन बीमा ८३.२१ अंकले बढेको छ । कारोबारमा होटल २०.१०, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४०.४२ अंकले घटेको छ ।



    यो दिन बजारमा २८७ कम्पनीको २८ लाख २४ हजार ७ कित्ता सेयर ६९ करोड ४२ लाख २२ हजार २१७ रुपैयाँको सेयर किनेबच भएको छ ।

    कारोबारमा पञ्चकन्या माई हाईड्रोपावर, मदांकिनी हाईड्रोपावर, सुपर मादी हाईड्रोपावर, इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् भने सोनापुर मिनरल्स एण्ड आयल, बिन्धाबासिनी हाईड्रोपावर, अप्पर सोलु हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार