Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

    आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 591
    SHARES

    फाइल फोटो

    काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ ।

    आज म्युचल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स, लघुवित्त, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।



    आज ७६ लाख ३४ हजार कित्ता सेयर दुई अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएका छन् ।



    सोमबार शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

    त्यस्तै, आजको कारोबारमा बिपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार