Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पोखरामा सुरु भयो नेपाल-चीन फ्रेन्डसिप ड्रागन ‘बोट’ रेस, पर्यटनमन्त्री किराँतीले गरे उद्घाटन

    पोखरामा सुरु भयो नेपाल-चीन फ्रेन्डसिप ड्रागन ‘बोट’ रेस, पर्यटनमन्त्री किराँतीले गरे उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 579
    SHARES

    पोखरा । पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु भएको छ।

    नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको बोट फेस्टिभल  महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार उद्घाटन गरे ।



    फेवातालमा दुईदिनका लागि आयोजना गरिएको महोत्सवमा दुइसय र पाँचसय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने जनाईएको छ ।



    महोत्सवमा चिनियाँ चार र नेपाली चार गरी आठ टिम सहभागी छन् । निर्धारित दूरी सबैभन्दा पहिले पार गर्ने टिम विजेता बन्नेछ । सहभागी आठै टिमले वरीयताका आधारमा पुरस्कार पाउनेछन् ।

    दक्षीण एसियामै पहिलो पटक पोखरामा शुक्रबारबाट सुरु भएको ड्रागन बोट रेस फेस्टिभलमा पहिलो हुने दुवै विधाका टिमले समान पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार