Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

    गण्डकी बोर्डिङका प्रधानाध्यापकसहित ८ जनालाई वन मुद्दा

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 279
    SHARES

    पोखरा । पोखराको गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित ८ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

    पोखरा–१६ स्थित सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालय हाताभित्रका सिसौ, सल्लालगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।



    सार्वजनिक गुठी सञ्चालन गरेको विद्यालयमा खेलकुद ग्राउण्ड, छात्राबास र स्कूलको कम्पाउण्ड बालसंग जोडिएका सिसौ, सल्ला लगायतका विभिन्न २५ वटा रूख काटिएको थियो ।



    अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरिएको पाएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ ।

    बोर्डिङ स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्ड बालसँग जोडिएका सिसौ, सल्लालगायतका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको थियो ।

    वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ ।

    गण्डकी प्रदेश वन ऐन, २०८० को दफा ६६ कोसमेत उल्लंघन गरेको अनुसन्धानबाट पुष्टि भएको पाइएको हो।

    सिनियर म्यानेजमेन्ट टिम भनिएका प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४०० बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।

    खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ ।

    पोखरा–१६ का खड्कासहित लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी-९ का यज्ञराज शर्माविरुद्ध गत २७ गते मुद्दा दायर गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार