Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

    आज पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

    अनलाइन नेपाल
  • आइतबार, ४ चैत्र २०८०
  • 327
    SHARES

    काठमाडौं । पोखरालाई आज नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् ।

    शनिबार पत्रकार सम्मेलनमार्फत पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए ।



    पर्यटकीय नगरी घोषणा कार्यक्रमको अवसरमा बसुन्धानरा पार्कदेखि विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणासभा हुने उनको भनाइ छ ।



    पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार