Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट नरबहादुर पक्राउ

    अटोमेटिक पेस्तोलसहित लेकसाइडबाट नरबहादुर पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 378
    SHARES

    पोखरा। पोखराबाट अटोमेटिक पेस्तालसहित डाँका चोरी तथा लागूऔषध मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक छन् ।



    विकलाई बिहीबार पोखरा महानगरपालिका–२४ लेकसाइडबाट वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको हो ।



    लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली लुकाएर राखेको अवस्थामा बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।

    बागमती प्रदेश ०३३ प १६३३ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका विक डाँका चोरी र लागूऔषध मुद्दाका अभियुक्त समेत रहेको पाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार