Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पोखरामा जिप दुर्घटना हुँदा आठ चिनियाँ पर्यटक घाइते

    पोखरामा जिप दुर्घटना हुँदा आठ चिनियाँ पर्यटक घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 180
    SHARES

    फाइल तस्विर

    कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

    पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका हुन् ।



    ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका थिए ।



    घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।

    स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार