Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गरियोस् : एमाले प्रमुख सचेतक गिरी

    प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गरियोस् : एमाले प्रमुख सचेतक गिरी

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमेख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गरेर सचिवालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

    शुक्रवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै उनले यस्तो माग राखेका हुन् ।



    उनले प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको बताए।



    त्यस्तै, सांसद गिरीले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको जनाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटन लक्षित नयाँ कार्यक्रम नभएको तर्फ पनि ध्यानाकर्षण गराए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार