Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : पर्यटनमन्त्री किराती

    प्रचण्डकै नेतृत्वमा देशमा शान्ति स्थापना भयो : पर्यटनमन्त्री किराती

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 729
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा देशले समृद्धिको जग हाल्न सक्ने ठूलो सम्भावना रहेको बताएका छन् ।

    शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा आयोजित कविता महोत्सवमा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।



    उनले प्रचण्डकै नेतृत्वमा संघर्ष भएको र शान्ति स्थापना भएको बताए ।



    उनले भूगोलका हिसाबले सानो भएपनि नेपाल संस्कृति र भाषाका हिसाबले सानो नभएको बताए ।

    मन्त्री किराँतीले सुशासनको पक्षमा, समृद्धिको पक्षमा र भ्रष्टाचारको विरुद्धमा सरकार जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार