Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 564
    SHARES

    फाइल तस्विर

    बागलुङ । जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना भएको छ ।

    जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना भएको हो ।



    सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएको प्रहरीले जनाएको छ । धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।



    घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको बतायएको छ । जीप करिब सडकबाट ५० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार