Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेप्से परिसूचक ६२ अंकले बढेर तीन महिनायताकै उच्च विन्दुमा

    नेप्से परिसूचक ६२ अंकले बढेर तीन महिनायताकै उच्च विन्दुमा

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 588
    SHARES

    काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले बढेर हरियाली भएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

    बजारमा परिसूचकसँगै आज कारोबार रकम पनि झन्डै पाँच महिनायताकै उच्च भएको छ । दिनभरको कारोबारमा ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । गएको पुसको २६ गतेपछि छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थिएन ।



    आइतबार बढी कारोबार गर्नेको अग्रस्थानमा शिवम् सिमेन्ट रहेको छ । शिवम्को ४९ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।



    आज नेप्सेमा ४ कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ। लाइफइन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ इन्स्योरेन्स, समलिङ पावर कम्पनी र एनएमबी ५० को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार