Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • समाजवादी मोर्चाले देउवाजी खुसी हुनुहुन्छ, तर केहीको ‘निद हराम’ भएको छ : माधव नेपाल

    समाजवादी मोर्चाले देउवाजी खुसी हुनुहुन्छ, तर केहीको ‘निद हराम’ भएको छ : माधव नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 747
    SHARES

    रौतहट । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।

    गृहजिल्ला रौतहट पुगेका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२ औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।



    कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनले बताए ।



    अध्यक्ष नेपालले भने,’कांग्रेस सभापति देउवाजी मोर्चा गठनले दुस्खी हुनु भयो भनेर गरिएको प्रचारमा अलिकति पनि सत्यता छैन । मलाई कांग्रेस सभापति देउवाजीले भेटेर समाजवादी मोर्चा गठन गरेको सुनेर म अत्यन्त खुसी भएँ भनेर प्रतिक्रिया दिनु भयो ।’

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलक्षित समाजवादी मोर्चा गठनले केही व्यक्तिको होस हवास नै उडेको टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार