Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री मोदीलाई इजिप्टको सर्वोच्च सम्मान, भन्छन् – विनम्रताका साथ स्वीकार गर्दछु

    प्रधानमन्त्री मोदीलाई इजिप्टको सर्वोच्च सम्मान, भन्छन् – विनम्रताका साथ स्वीकार गर्दछु

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 531
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टले आफ्नो सर्वोच्च सम्मान ‘अर्डर अफ द नाइल’ले सम्मान गरेको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजिप्टका राष्ट्रपति अब्दुल फतेह अल(सिसीले यो सम्मान प्रदान गरेका हुन् । यो इजिप्टको सर्वोच्च नागरिक सम्मान हो।



    सन् १९१५ मा सुरु भएको यो सम्मान इजिप्ट वा मानवताको लागि उल्लेखनीय सेवा गर्ने राष्ट्र प्रमुख, राजकुमार र उपराष्ट्रपतिहरूलाई दिइन्छ।



    पीएम मोदीले ट्वीटरमा लेखेका छन्, ‘म धेरै विनम्रताका साथ ‘अर्डर अफ द नाइल’ स्वीकार गर्दछु। म इजिप्टको सरकार र जनतालाई यो सम्मानका लागि धन्यवाद दिन्छु। यो भारत र हाम्रो देशका जनताप्रति उनीहरूको न्यानोपन हो। यसले स्नेह देखाउँछ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार