Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिईयोस् : सांसद बस्नेत

    दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिईयोस् : सांसद बस्नेत

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 804
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद महेश बस्नेतले दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभाको दोस्रो बैठकमा सांसद बस्नेतले राष्ट्रको अहितमा आएको सो प्रस्ताव मान्य नहुने भन्दै यस्तो माग राखेका हुन् ।



    विदेशी दूधलाई नेपालमा भित्र्याउने, यहाँका उद्योगलाई समाप्त गर्ने र किसानलाई अझ बढी गरिब बनाउने राष्ट्रको हितविपरीत सरकारले बजेट वक्तव्यमार्फत गरेको सो निर्णय तत्काल खारेज गर्नुपर्ने उनको भनाइ छ ।



    उनले बाँकेस्थित कपास विकास समितिलाई खारेज गर्ने निर्णय पनि फिर्ता लिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव फिर्ता लिएकोमा अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति आभार पनि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार