Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी संस्करण ?

    नेपालमा किन प्रदर्शन नहुने भयो ‘परस्त्री’ को हिन्दी संस्करण ?

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 858
    SHARES

    काठमाडौं । निर्देशक सुरज पाण्डेले फिल्म ‘परस्त्री’ को हिन्दी संस्करण नेपालमा रिलिज नहुने जनाएका छन् ।

    निर्माण टिमले अन्तिम समयमा निर्णय बदल्ने कारणबारे भने केही उल्लेख गरेको छैन । यसअघि फिल्मको हिन्दी संस्करण नेपालमा समेत प्रदर्शन गर्ने तयारी थियो ।



    सुरज पाण्डे डेब्यू निर्देशित फिल्म ‘परस्त्री’ नेपाल र भारतमा आगामी शुक्रबारबाट एकसाथ प्रदर्शन हुँदैछ।



    फिल्म नेपाली र हिन्दीमा डब गरिएको छ। केहीदिन मुम्बईमा सिनेमाको प्रचार-प्रसार गरेको निर्माण टिम सोमबार फिल्म प्रमोशन र प्रदर्शन गर्न मुम्बईमा पुगेका छन्।

    फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

    फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार