Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • उच्च अदालतको अन्तरिम आदेश – बालेनलाई स्पष्टीकरण सोध्ने निर्णय कार्यान्वयन नगर्नू

    उच्च अदालतको अन्तरिम आदेश – बालेनलाई स्पष्टीकरण सोध्ने निर्णय कार्यान्वयन नगर्नू

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 894
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई स्पष्टीकरण सोध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीशद्वय गोकर्ण डाँगी र जगदीश घिमिरेको संयुक्त इजलासले यसअघि भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तरिम आदेश गरेको हो ।



    नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल क्षेत्र अन्तर्गत पर्ने जग्गामा निर्मित भवनको तारजाली काटेको भन्दै महानगर प्रमुख शाहसँग उडानमा प्रतिबन्ध किन नलगाउने भनेर स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणमा रोक लगाउनुपर्ने माग गर्दै शाह उच्च अदालत पाटन पुगेका थिए ।



    उच्च अदालत पाटनका न्यायाधीशद्वय गोकर्ण डाँगी र जगदीश घिमिरेले मेयर शाहको निवेदनमा सुनुवाइ गर्दै प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

    रिटमा प्रारम्भिक सुनुवाइपछि एकल इजलासबाट बालेनले स्पष्टीकरण दिनुनपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आज दुवै पक्षको उपस्थितिमा संयुक्त इजलासले उक्त आदेशलाई निरन्तरता दिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार