Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकी राष्ट्रपति बाइडेनको दाबी – पुटिनले युक्रेन युद्ध हारे, संसारभरिबाट एक्लिए

    अमेरिकी राष्ट्रपति बाइडेनको दाबी – पुटिनले युक्रेन युद्ध हारे, संसारभरिबाट एक्लिए

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 795
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा ‘हार’ बेहोर्नुपरेको बताएका छन् ।

    ह्वाइट हाउसमा पत्रकारहरूले पुटिन अहिले कमजोर भए नभएको भनी सोधिएको प्रश्नमा बाइडेनले यस्तो बताएका हुन् ।



    उनले रुसी राष्ट्रपति वाग्नर समूहको विद्रोहका कारण कमजोर भएको वा नभएको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।



    उनले पत्रकारको प्रश्नको जवाफमा भने, “यो भन्न गाह्रो छ, तर उनले युक्रेनमा युद्ध हारेका छन् र स्वदेशमा पनि हारिरहेका छन् ।” पुटिन अहिले ‘संसारभरिबाट एक्लिएको’ बाइडेनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार