Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाजुरामा जीप दुर्घटना हुँदा सातजना घाइते

    बाजुरामा जीप दुर्घटना हुँदा सातजना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 651
    SHARES

    फाइल तस्विर

    बाजुरा । जिल्लाको बूढीनन्दा नगरपालिका–१, पीपलडालीमा जीप दुर्घटना भएको छ । जीप दुर्घटना हुँदा सातजना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ ।



    जीप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वषकै अर्का एकजना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रिसं बोहराले बताए ।



    घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवार व्यक्तिकोे ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ । दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जीप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार