Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • मिटरब्याजमा ठूला नेताको पनि संलग्नता छ, पीडितलाई सरकारले झुक्याउन खोज्यो : पदम गिरी

    मिटरब्याजमा ठूला नेताको पनि संलग्नता छ, पीडितलाई सरकारले झुक्याउन खोज्यो : पदम गिरी

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 999
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले मिटरब्याजमा ठूला नेता र राष्ट्रसेवक कर्मचारीको पनि संलग्नता रहेको बताएका छन् ।

    संसदमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको छलफलका क्रममा प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन् ।



    गिरीले भने, ‘मिटरब्याज गम्भीर विषय हो । राष्ट्रसेवक कर्मचारी, ठूला नेता, प्रहरीका उच्च अधिकारीको संलग्नता छ । यसका विरुद्ध राम्रो नीति ऐन बनाउनपर्छ ।’



    उनले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभई झुक्क्याउनका लागि ल्याएको आरोप लगाए ।

    नयाँ जनादेश प्राप्त गरेको ७ महिना हुँदा एउटा पनि विधेयक बनाउन नसक्नु सरकारको कमजोरी भएको भन्दै एकैदिन दुईपटक बैठक बसेर विधेयक टेबल गर्ने र छलफल गर्ने वातावरण बन्नु सरकारको चरम लापारवाही र गैरजिम्मेवारीका कारण भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार