Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो : शशांक कोइराला

    संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुकै कारण सम्भव भयो : शशांक कोइराला

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 504
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा अदम्य साहस र निर्णय क्षमता रहेको बताएका छन् ।

    गिरिजाको १०० औं जन्मजयन्तीको अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले काठमाडौंमा आज गरेको कार्यक्रममा बोल्दै शशांकले यस्तो बताएका हुन् ।



    शशांकले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन। उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो। दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो। ’



    नेता शशांकले गिरिजाबाबुको जस्तो निर्णय क्षमता बिरलै नेतामा भेटिने बताए। गिरिजाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार