Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लगातार तेस्रो दिन पनि २१ अंकले घट्यो नेप्से

    लगातार तेस्रो दिन पनि २१ अंकले घट्यो नेप्से

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 618
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ ।

    उपसमूहतर्फ २ समूह बाहेकका ११ वटा समूहको सेयर घटेको छ । आज २७६ वटा कम्पनीका ९४ लाख १८ हजार कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएकाे छ ।



    सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको २३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



    होटल र टुरिजम तथा व्यापार उपसूचकका लगानीकर्ताले कमाए भने अरु सबै उपसूचकका लगानीकर्ताले गुमाएका छन् । सोमबार सीवाईसी नेपाल लघुवित्त, बीपीडब्लू लघुवित्त, सिटी होटलसहितका धितोपत्रका लगानीकर्ताले धेरै कमाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार