Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

    बाढीमा बेपत्ता भएका एकको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 786
    SHARES

    किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेँवा खोलामा बेपत्तामध्ये एकजनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो ।

    यही असार १४ गते दुम्कट्टामा फेला परेको बर्दियाका कालीराम थारू रेहको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । थारू सुपर हेँवा कम्पनीका सहायक चालक रहेको प्रहरीले जनाएको छ ।



    चालक थारूको शव आज आफन्तले जिम्मा लिएपछि जिल्ला अस्पताल सङ्खुवासभामा शवपरीक्षण गरिएको छ । थारूको आजै खाँदबारी नगरपालिका–९ स्थित मनकामनाघाटमा थारू परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । बाढी पहिरामा परेको अन्य १९ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।



    बाढीपहिराका कारण जिल्लाका विभिन्न स्थानका २० घरपरिवार विस्थापित भएका छन् । बाढीपहिराबाट विस्थापित भएका २० घरपरिवारमध्ये १२ घर पूर्ण क्षति भएका छन् ।

    चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्याएको छ । बाढी भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार