Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तिनाउ नदीमा जल सतहले खतरा तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

    तिनाउ नदीमा जल सतहले खतरा तह पार गर्‍यो, सुरक्षित स्थानमा बस्न आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 654
    SHARES

    फाइल तस्विर

    काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएरातिदेखि भारी वर्षा जारी छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको हो ।

    सोही वर्षाका कारण तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ ।



    तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले अनुरोध गरेको छ ।



    साथै अन्य ठाउँका नदी तटीय क्षेत्रमा हुनेहरूलाई पाि उच्च सतर्कता अपनाउन भनिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार