Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारी वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

    भारी वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र डुबानमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 612
    SHARES

    काठमाडौं । काठमाडौँमा गएरातिदेखि भारी वर्षा जारी छ । भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ ।

    काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपास भारी वर्षा भएको कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पनि पानीको बहाव बढेको छ ।



    विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढेकोले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



    नदी तटीय क्षेत्रहरूमा रहनेहरूलाई र किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार