Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाका ३४ जना स्वयम सेवक शिक्षकको जागिर चैट !

    चौरपाटी गाउँपालिकाका ३४ जना स्वयम सेवक शिक्षकको जागिर चैट !

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 5K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिकाले ३४ जना स्वयम सेवक शिक्षकलाई हटाएको छ । यही असार ६ गते बसेको कार्यपालिका बैठकले गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत स्वयम सेवक शिक्षकहरूलाई नयाँ आर्थिक वर्षबाट हटाउने निर्णय गरेको हो ।

    स्वयम सेवक शिक्षक नियम विपरीत भन्दै महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष बेरुजु देखाउने, ज्याला पनि सम्मानजनक नभएको र विद्यालय समायोजन भएपछि शिक्षकहरू हटाउनु परेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरूमा शिक्षक कम भएपछि २०७७ सालमा ४२ जना स्वयम सेवक शिक्षकहरू नियुक्त गरिएको थियो ।



    ती मध्ये कतिपयले विभिन्न कारण बिचमै छोडेका थिए भने ३४ जना शिक्षकहरू हालसम्म कार्यरत छन् । तर उनीहरूलाई पनि असार ६ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार नयाँ आर्थिक वर्षबाट विद्यालयमा हाजिर नहुन भन्दै शिक्षा शाखाले चिठ्ठी पठाएको छ ।



    शिक्षा शाखा प्रमुख रामचन्द्र जोशीका अनुसार तत्काल ३४ जना स्वयम सेवक शिक्षक हटाउने र शिक्षक अपुग भएका विद्यालयहरूलाई अनुदान कोटामा शिक्षक उपलब्ध गराइने छ । उनले नयाँ कार्यविधि बन्ने क्रममा रहेकोले पछि बिस्तारै आवश्यकता अनुसार शिक्षक थप गरिने बताए ।

    उनले भने, ‘गाउँपालिकाबाट प्रत्येक वर्ष स्वयम सेवक शिक्षकका लागि ८० लाखको हाराहारीमा बजेट छुटिन्छ । त्यसमा महालेखा परीक्षकको कार्यालयले प्रत्येक वर्ष बेरुजु लेखेको छ । महालेखाको टोलीले नियम विपरीत स्वयम सेवक शिक्षक राख्न पाइँदैन भन्दै प्रतिवेदनमा लेखेको छ । ज्यालाको दृष्टिकोणले पनि अमान्य जस्तो भयो । १०–१२ हजार न्याय संगत थिएन । सँगै काम गर्ने शिक्षक ४०–५० हजार तलब खाने अनि त्यहीँ काम गर्ने शिक्षकले १० हजार काम गर्नु पर्ने अवस्था थियो ।’

    अब नयाँ कार्य विधि ल्याएर आवश्यकता भएका विद्यालयहरूमा शिक्षक राखिने शिक्षा शाखा प्रमुख जोशीले बताए । ‘अब नयाँ कार्यविधि ल्याएर आवश्यकता भएका विद्यालयहरूमा शिक्षक राख्ने कुरा भाछ,’ उनले भने, कार्यविधि निर्माण कै क्रममा छन् साथीहरू ।’

    माध्यमिक विद्यालय र आधारभूत विद्यालयमा विद्यार्थीको सङ्ख्या बढी भएका कारण सेक्सन खोल्नु पर्ने हुँदा शिक्षकहरू कम भएको तर प्राथमिक विद्यालयमा त्यति समस्या नभएको उनले बताए । तर शिक्षालाई पहिलो प्राथमिकतामा राखेको गाउँपालिकाले स्वयम सेवक शिक्षक हटाउने निर्णय गरेपछि स्वयम सेवक शिक्षक नै आश्चर्यमा परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार