Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

    चट्याङ लागेर एकजनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 840
    SHARES

    झापा । गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ विजय सरदार रहेका छन् । उनको खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु हो ।



    त्यस्तै अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



    घाइते हुनेमा भारतको फुलाबारी घर भई हाल सोही वडामा बस्दै आएका २० वर्षीय शिकन्दर आलाम र १६ वर्षीय मनिजुर आलाम रहेका छन् ।

    घाइते भएका उनीहरुलाई उपचारका लागि गौरादहस्थित मेडिम्याक्स अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार