Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ

    नाबालिग बलात्कार प्रकरण : एलओडी क्लबका सञ्चालक सुवाल बालुवाटारबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक पक्राउ परेका छन् । १६ वर्षीया नाबालिग बलात्कारको मुद्दामा जोडिएका सञ्चालक राजुसिंह सुवाल बिहीबार बालुवाटारबाट पक्राउ परेका हुन् ।

    उनलाई ललितपुर प्रहरी परिसरको टोलीले बिहीबार अपरान्ह पक्राउ गरेको वजनाएको छ । सुवालसँगै फरार रहेका एलओडीका अर्का सञ्चालक रुदिलबल्लव श्रेष्ठ भने अझै फरार छन् ।



    उनीहरूविरूद्ध असार १३ गते नै पक्राउ पुर्जी जारी भएको थियो । उक्त क्लबबाट १६ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका हुन् । जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप छ।



    घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको र फरार रहेका श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार