Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कर छलीको आशंकामा एलओडीमा राजश्व अनुसन्धानको छापा

    कर छलीको आशंकामा एलओडीमा राजश्व अनुसन्धानको छापा

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 681
    SHARES

    काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ।

    गत शुक्रबार कर छली गरेको आशंकामा विभागले एलओडीमा २२ घण्टा लामो अप्रेशन चलाएको हो ।



    सरकारलाई तिर्ने गरेको करबारे बुझ्न विभागले एलओडीमा छापा मारेको थियो । गत शुक्रबार अपराह्न ४ बजेबाट सुरु भएको अप्रेशन शनिबार दिउँसो २ बजे सकिएको विभाग स्रोतले जनाएको छ ।



    टोलीले त्यहाँ आउने ग्राहकको संख्या, क्लबले ग्राहकलाई गर्ने बिल भुक्तानी लगायतका कामहरू नियालेको थियो। एलओडीले त्यहाँ खाएको बिलसमेत नदिने गरेको विभाग स्रोतले बतायो ।

    विभागले त्यहाँ रहेको काउन्टरहरू पनि सिल गरेको छ। पैसा राख्ने खुत्रुकेहरू र केही अफिस रहेका कोठा पनि सिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार