Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न अदालतको आदेश

    एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 621
    SHARES

    काठमाडौं । काठमाडौंको ठमेलस्थितलर्ड अफ ड्रिक्स (एलओडी )क्लबका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।



    ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको थियो ।



    उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो । एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पहिल्यै हाजिरी जमानतमा छाडेको थियो ।

    जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार