Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का म्यानेजरसहित २ जना पक्राउ

    नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का म्यानेजरसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 858
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स)क्लबका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

    बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले एलओडीका म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको हो ।



    एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ ।



    यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।

    तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । ती नाबालिग सानेपामा पुगेर बलात्कृत भएपछि प्रहरीले एलओडीले लापरबाही गरेको निष्कर्ष निकालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार