Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एलओडीमा अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिने

    एलओडीमा अमेरिकन डीजे वाल्सी फायरले प्रस्तुती दिने

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 744
    SHARES

    काठमाडौं । ठमेलस्थित एलओडी क्लबमा अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुती दिने भएका छन् । क्लबमा आगामी बुधबार अर्थात फेब्रुअरी २१ मा उनले आफ्नो प्रस्तुती दिन लागेका हुन् ।

    वाल्सी फायर जमैकन अमेरिकी डीजे, एमसी र रेकर्ड निर्मातासमेत पनि हुन् । उनी मेजर लेजरको एक मुख्य सदस्य पनि हुन् ।



    क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरका कार्यक्रम ११ बजेदेखि सुरु हुने उनले जानकारी दिए । उनका अनुसार सहभागी हुन चाहने दर्शकले ई(सेवाबाट १ हजार मूल्यको टिकट लिन सक्नेछन् ।



    एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ४९ औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार