Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का दुईजना सञ्चालक रिहा

    नाबालिग बलात्कार घटना : ठमेलस्थित ‘एलओडी’का दुईजना सञ्चालक रिहा

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 903
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ठमेलस्थित लर्ड अफ द ड्रिंक्स् (एलओडी) का दुईजना सञ्चालक छुटेका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले गरेको निर्णयअनुसार उनीहरु रिहा भएका हुन् ।

    प्रहरीले सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लभ श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जेठ ३० मा १५ वर्षीया किशोरीलाई क्लव प्रवेशमा अनुमति दिएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बालबालिका सम्बन्धी कसुरमा’ अनुसन्धान गरिरहेको थियो ।



    सरकारी वकिल कार्यालयले गरेको निर्णयअनुसार उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।



    जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहिंका ग्राहकले ललितपुरमा ल्याएर बलात्कार गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार