Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नाबालिग बलात्कार घटना : एलओडीका म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दायर

    नाबालिग बलात्कार घटना : एलओडीका म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 540
    SHARES

    काठमाडौं । काठमाडौंको ठमेलस्थितलर्ड अफ ड्रिक्स (एलओडी) क्लबका म्यानेजर रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

    क्लबको काउन्टरमा कार्यरत सपना ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र अर्का एकजना कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।



    जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।



    एलओडीमा प्रवेश गरेकी  बालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो ।

    तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार