Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कोशीमा बनेको नयाँ सरकार असंवैधानिक भएको बाबुरामको दाबी, भन्छन् – जो अगुवा उहीँ…?

    कोशीमा बनेको नयाँ सरकार असंवैधानिक भएको बाबुरामको दाबी, भन्छन् – जो अगुवा उहीँ…?

    अनलाइन नेपाल
  • बिहिबार, २१ असार २०८०
  • 831
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा बनेको नयाँ सरकार असंवैधानिक भएको दाबी गरेका छन् । उनले बिहीबार राति सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो दाबी गरेका हुन् ।

    उनले हिजो केपी ओलीले संविधानविपरीत गरे भनेर संयुक्त आन्दोलन गरेकाहरुले नै कोशी प्रदेशमा लोकतन्त्रविरोधी हर्कत गरेको बताए । उनले जो अगुवा उसैले यस्तो हर्कत कसरी गर्न सकिन्छ भनेर प्रश्नसमेत गरेका छन् ।



    ‘हिजो के पी ओलीले संविधान विपरीत काम गरे भनेर हामीले संयुक्त आन्दोलन गर्यौस अदालत र जनताले पनि साथ दिएर हामीले प्रतिगमन रोकियो भन्यौं १’, भट्टराईले लेखेका छन्, ‘आज तिनै साथीहरू नै एकपछि अर्को संविधान र लोकतन्त्रविरोधी हर्कत गर्दै जाने हो भने अब संविधान र लोकतन्त्रको रक्षा कसले गर्छ ? १ नं प्रदेशको हर्कतलाई कसरी जायज ठहर्याउन सकिन्छ ? जो अगुवा उही ?’



    कोशीमा एमालेका हिक्मत कुमार कार्कीको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि आज सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्त भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार