Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितसँग वार्ताका लागि गृहमन्त्री धर्नास्थल जाने

    मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पीडितसँग वार्ताका लागि गृहमन्त्री धर्नास्थल जाने

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 792
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीपीडितसँग वार्ता गर्ने भएका छन्। पीडितहरूसँग वार्ताका लागि गृहमन्त्री आजै धर्नास्थल बानेश्वर जाने तयारी भएको बताइएको छ।

    मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि देशका विभिन्न जिल्लाहरूबाट जम्मा भई पीडितहरूले अहिले संसद भवन अगाडि आन्दोलन र धर्ना दिइरहेका छन् ।



    सरकारले २० वैशाखमा मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० ल्याएको थियो ।



    अध्यादेशको प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ । राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो ।

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको विवादित अभिव्यक्तिको विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरिरहेको छ । जसका कारण त्यो अध्यादेश निष्क्रिय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार