Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै छ : पदम गिरी

    प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै छ : पदम गिरी

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 720
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने पार्टीको अडान कायमै रहेको बताएका छन् ।

    संघीय संसद् भवन परिसरमा बोल्दै सचेतक गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत रहेको बताएका हुन् ।



    सचेतक गिरीले प्रधानमन्त्रीले मुलुकको स्वाभिमान, स्वाधिनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य नहुने बताए ।



    प्रमुख सचेतक गिरीले भने,‘प्रधानमन्त्रीले जुन खालको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनुभयो । त्यसले हाम्रो राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधिनतालाई माटोमा मिलाउने काम गर्नु भएको छ । देशका बहालवाला प्रधानमन्त्रीले यो तहको अभिव्यक्ति दिने कुरा आफैंमा गम्भीर र आपत्तिजनक कुरा हो । यो निन्दनीय छ । त्यसकारणले यसलाई हामीले सामान्य रुपले लिन सक्दैनौं । यस्तो व्यक्ति देशको प्रधानमन्त्रीको रुपमा रहनु भनेको सिंगो राष्ट्रका लागि पनि दुर्भाग्य हो । त्यसकारणले उहाँले तत्काल राजीनामा दिनुपर्छ ।’

    नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुारिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ छ।

    प्रमुख सचेतक गिरीले विकसित देशहरुमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण नै राजीनामा दिइसकेको हुने जिकिरसमेत गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार