Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सडेगलेको मिठाइँ बेच्ने आकाश फुड्सलाई महानगरले तिरायो डेढ लाख जरिवाना

    सडेगलेको मिठाइँ बेच्ने आकाश फुड्सलाई महानगरले तिरायो डेढ लाख जरिवाना

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 660
    SHARES

    काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित आकाश फुड्सले सडेगलेको तथा ढुसी परेको मिठाइँ बेचेको पाईएपछि काठमाडौं महानगरले जरिवाना तिराएको छ ।

    महानगरले अनुगमन गर्ने क्रममा सो मिठाइँ पसलमा सडेगलेको र ढुसी परेको मिठाइँ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्रीवितरण गरेको पाइएपछि डेढ लाख नगद जरिवाना लिएको हो ।



    महानगरले बजार व्यवस्थापन तथा अनुमगन ऐन,२०७७ को दफा २९ को खण्ड ९ बमोजिम कसुर गरेको भन्दै उक्त फुड्सका सञ्चालक अंकुर अग्रवाललाई सो रकम जरिवाना गराउन लागेको हो ।



    महानगरले उक्त जरिवाना रकम सात दिनभित्र बजार अनुगमन समितिको खातामा जम्मा गर्न आदेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार