Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सीता दाहालको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडा राखिने, पशुपति आर्यघाटमा २ बजे अन्त्येष्टि !

    सीता दाहालको शव श्रद्धाञ्जलीका लागि पेरिसडाँडा राखिने, पशुपति आर्यघाटमा २ बजे अन्त्येष्टि !

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा राखिने भएको छ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आज बिहान साढे ८ बजे नर्भिक अस्पतालमा निधन भएकी दाहालको शव अहिले बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने छ ।



    त्यसपछि दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।



    उनी पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार