Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दिए श्रद्धाञ्जली

    सीता दाहाललाई अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले दिए श्रद्धाञ्जली

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 762
    SHARES

    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी स्वर्गीय सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।

    शुक्रबार अपराह्न बालुवाटार पुगेर लूले सीताको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । सीताको गएको बुधबार निधन भएको थियो ।



    दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लू आजैमात्र नेपाल आएका हुन् ।



    उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार