Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सीता दाहालको निधनमा माओवादीले दुई दिन पार्टीको झन्डा आधा झुकाउने

    सीता दाहालको निधनमा माओवादीले दुई दिन पार्टीको झन्डा आधा झुकाउने

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 522
    SHARES

    काठमाडौं । सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै नेकपा (माआवादी केन्द्र) ले पार्टीका कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

    आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले आज र भोलि झन्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै, बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरेको छ ।



    पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी दाहालको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।



    पार्टीको सल्लाहकार समेत रहेकी सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार