Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • गृहमन्त्रालयद्धारा सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस

    गृहमन्त्रालयद्धारा सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न सिफारिस

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 789
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्नको लागि गृहमन्त्रालयले सिफारिस गरेको छ ।

    दाहालको राजकीय सम्मानसहित अन्तेष्टि गर्नका लागि गृह मन्त्रालयको सिफारिस गरिएको गृहमन्त्रालयले जनाएको छ ।



    मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्त्येष्टि गरिने मन्त्रालयले जनाएको छ ।



    बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ ।

    उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार