Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • होटेलको नाममा यौनधन्दा, तीन जना सञ्चालक पक्राउ

    होटेलको नाममा यौनधन्दा, तीन जना सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 2K
    SHARES

    कैलाली । कैलालीको चिसापानी क्षेत्रका होटेल हरुमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले तीन जना होटेल सञ्चालकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चिसापानीको न्यू वर्षा होटेल सञ्चालक टोपबहादुर खड्का, अछाम होटेल सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेल सञ्चालक भीम शाही रहेका छन् ।



    त्यस्तै, ती होटेलहरुमा यौन व्यवसायमा रहेको भन्दै पाँच जना महिलालाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।



    खाजा खान आउने ग्राहकहरुसँग यौन कार्य गर्न लगाएर आर्थिक लाभ लिने गरेको प्रहरीको दाबी छ ।

    उक्त होटेलहरुमा यौनधन्दा हुने गरेको गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार